संघर्ष समितिको बन्दका कारण मेची राजमार्ग ठप्प

झापा, १४ माघ । केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण यातायात ठप्प हुन पुगेको छ । त्यस सडकमा खासै यातायातका साधनहरु चल्न सकेका छैनन् ।बन्दका कारण मंगलबार बिहानैबाट लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । बन्दको प्रत्यक्ष असर इलाम, पाँचथर तथा ताप्लेजुङमा परेको छ ।

मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका क्रममा बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरु  झापामै रोकिएका छन् । । आज बिहानै मेची राजमार्गको विभिन्न ठाउँमा बन्दकर्ताहरुले टायर बालेर प्रर्दशनमा निस्किएका थिए ।
पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति , पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति , किरात याक्थुङ चुम्लुङ , थरगत संस्था (याक्थुङ सयङ ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।अनिश्चितकालिन बन्द आव्हानका कारण पूर्वी पहाडी जनजीवन प्रभावित हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published.