मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

मोरङ ,१४ माघ । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य )मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग ) मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिङ्घानियाँ निर्विरोध चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा आशिष जाजु, दीपेश सुवेदी, अमित शारदा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशील सुरानालाई चयन गरिएको छ ।

यस्तै अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् । संघमा बन्दना जैन र ओमप्रकाश शर्मा आमन्त्रित सदस्य बनाएका छन् ।

रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्याँस आदिका उत्पादक हुन् । २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन् ।

नवनियुक्त अध्यक्ष रिजालले पदभार ग्रहण गर्दै कार्यसमितिका भावी योजना प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.