बिराटनगर, १२ माघ । मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका ३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४ –००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान उपमहानगरपालिका ८ का ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
यस्तै, सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका ७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाईते भएका सहचालक सुन्दरहरैचा ७ का २२ बर्षीय श्याम बहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
यसैगरी सुनसरीको ईटहरी १२ स्थित कोशी लोकमार्गमा प्रदेश १ –०४–००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढी गाउँपालिका १ का ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।