पाँचथर गोल्डकप विजेताले ११ लाख पाउने

फिदिम, १३ माघ । यहि फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण हुने भएको छ ।पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गरि गोल्डकप प्रतियोगिताको तयारी भईरहेको अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । फिदिम माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता टिमले उपाधिसहित ११ लाख एक हजार ११ रुपियाँ तथा उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ । यस्तै ब्यक्तिगत विधाका विजेता र प्रशिक्षकलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
७० लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका चार र विदेशका दुई, ‘बी’ डिभिजनका एक र आयोजकबिच प्रतिस्पर्धा हुनेछ । अघिल्लो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published.