
दमक, ११ माघ । जंगली हात्तीको आक्रमणबाट झापाको दमक ३ दुम्सेमा आज राती स्थानीय एक जना बृद्धको ज्यान गएको छ ।दमक ३ गोलाटार निवासी ६२ बर्षिय गणेश अधिकारीको आज राती ८ बजे तिर एउटा जंगली हात्तीको आक्रमणबाट ज्यान गएको वडाध्यक्ष नविन बरालले जानकारी दिए ।
उनका अनुसार मकैमा पानी लगाउनका लागि कुलोमा गएको बखत अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घटनास्थलमा नै वृद्धको ज्यान गएको थियो ।
दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए । घटना पछि गाउँलेले हात्तीलाई बस्तीसंगैको जंगलतर्फ हात्ती धपाएका थिए ।
उनले हात्तीको आक्रमणबाट बच्नका लागि वडाबासीलाई होशियारी अपनाउन आग्रह पनि गरिआएका छन् ।