सन्थालहरुको सोहराय पर्वमा साँस्कृतिक मेला

दमक ,११ माघ । पूर्वका सिमान्तकृत तथा लोपोन्मुख जातिको रुपमा सूचिककृत सन्थाल समुदायले आज झापाको कमलमा सोराहय  विभिन्न कार्यक्रम गरि मनाएका छन् ।कमल- ५ सितापुरीस्थित जंगल परिषरमा अघिल्ला वर्ष झै यसवर्ष पनि सोराहय पर्वका अवसरमा पालिकास्तरिय शुभकामना आदानप्रदानसहित साँस्कृतिक मेला आयोजना गरिएको छ । त्यहाँ उनीहरुले जंगलका तीन विगाहा बढी जमीन संरक्षित गरिआएको छ ।
नेपाल आदिवासी सन्थाल उत्थान संघ कमल गाउँ कार्यसमितिको आयोजनामा भएको साँस्कृतिक मेलामा सन्थाल, सन्थालीहरुले आफनो परम्परागत वेषभुषामा सज्जिएर मौलिक नाच र गीतहरु प्रस्तुत गरेका छन् । गतवर्षदेखि उनीहरुले सामूहिक रुपमा यसरीनै सोराहय मनाउदैआएका छन् ।उनीहरुले पहिलो पटक कमल गाउँपालिकाले स्थानीय विदा दिएर सोहराय पर्वमा उत्साह थपिदिएको भन्दै खुशी पनि व्यक्त गरे ।
संघका केन्द्रिय महासचिव कुन्दन मुर्मुले स्थानीय सरकारले सार्वजनिक विदा दिनु सकारात्मक पक्ष भएको बताए । सन्थाल जातिको उत्थान र संरक्षणमा जातिय संस्थाको नेतृत्वमा भइरहेको प्रयासहरुका बारेमा पनि उनले चर्चा गरे ।
कार्यक्रममा सन्थाल समुदायका अगुवाहरु बडाराम हेमरम, लक्ष्मण मर्डी, पिटर सोरेन, बुद्धिलाल सोरेन, सम्झना किस्कु,बुदिन मुर्मु, इश्वर मुर्मु, राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्व दिपेनवाला राई, नेपाल नेपाल आदिवासी जनजाति महासंघका कमल अध्यक्ष बदि साम्पाङ,नेत्र दाहाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
त्यहाँ सन्थालहरुले परम्परागत रुपमा गर्दै आएको पुजाआजा समेत गरेका थिए । कमल गाउँपालिकाका अतिरिक्त झापा, मोरङका विभिन्न पालिकाहरुबाट समेत सन्थालहरु आ–आफनो कलाकार टोली बाजागाजासहित उपस्थित भएर आपसमा शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रम नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष सरकार मर्डीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक विक्रम किस्कु रहेका थिए ।
सोराहय पर्वका अवसरमा पालिकाले पहिलोपटक स्थानीय विदा दिइएको हो ।

 

Leave a Reply

Your email address will not be published.