कमल -७ को धिमालडाँडाबाट प्रतिवन्धित लागुऔषधसहित चार पक्राउ

कमल ,११ माघ । झापाको कमल गाउँपालिका -७ धिमालडाँडाको एक होटलबाट प्रतिवन्धित लागुऔषध गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका ७ का २५ वर्षीय सुरज लिम्बू सोही ठाउँका ४० वर्षीय किवी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका १ का २४ वर्षीय विशाल मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
होटलमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २५० ग्राम गाँजा र ४ ग्राम ब्राउनसुगर फेला पारेको थियो । लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.