कमल, ११ माघ । झापाको कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक सुब्बा (आङदेम्बे )लाई पितृशोक परेको छ ।कमल -२ क्याम्पा निवासी उनका पिता प्रेमबहादुर आङदेम्बेको ८२ बर्षको उमेरमा गएराति घरैमा निधन भएको हो ।
पाँचथरको साबिक आङ्सराङ–७ हाल फाल्गुनन्द–७ मा जन्मिएका स्वर्गीय आङदेम्बे जीवन यापनको क्रममा कमल गाउँपालिका –२ क्याम्पामा बस्दै आएका थिए । उनको परम्परा अनुसार आजै मध्यान्ह १२ बजे अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।