आचार्यको सम्झनामा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा शोक सभा

बिर्तामोड,११ माघ । आत्मदाहबाट ज्यान गुमाएका इलामका युवा उद्यमी प्रेम आचार्यको सम्झनामा बिर्ताामोड उद्योग वाणिज्य संघले आज साँझ यहाँ दिप प्रज्ज्वलन गरि शोक सभा गरेको छ ।
बिर्तामोडस्थित मुक्ति चौंकमा शोक सभाको आयोजना गरेर संघले सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेको हो । आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न सरकारसंग माग गरेको छ ।श्रद्धाञ्जली सभामा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली लगायत पदाधिकारी तथा ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।
युवा उद्यमी आचार्यले ब्यवसायबाट असफलता प्राप्त गरेको र राज्यले पनि आफ्नो समस्या नसुनेको भन्दै मंगलबार काठमाण्डौंस्थित संसद भवन अगाडी आत्मदाह गरेका थिए । उनको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो ।
मृत्यु समस्याको समाधान नभएको भन्दै वाणिज्य संघले अन्य ब्यवसायीको विषयमा गम्भिर बन्न वाणिज्य संघले सरकारसंग आग्रह गरेको हो । वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘आचार्यको निधनले आमब्यवसायी तथा उद्यमीमा निरासा मात्र होइन आक्रोश पनि पैदा भएको छ । राज्यको नीतिकै कारण कतिपय ब्यवसायी तथा उद्यमीहरु पलायन भएको भन्दै यसतर्फ राज्य र सरकार गम्भिर बन्नु पर्छ ।’

बैंकको चर्को ब्याजदरका कारण धेरै ब्यवसायी आक्रान्त बनेको भन्दै सरकारले नागरिकको आवश्यकताको विषयमा ध्यान दिन आग्रह गरिएको छ । आत्मदाहलाई आत्मघाति आक्रमण समेत हुन सक्ने तर्फ सचेत बन्न आग्रह गर्दै सरकार गम्भिर बन्नुको विकल्प नभएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.