बिर्तामोड,११ माघ । नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामले सरकारको लाचारीपनका कारण युवा उद्यमी प्रेम आचार्यले आत्मदाहको बाटो रोज्नु परेको भन्दै आक्रोश ब्यक्त गरेको छ ।
पार्टीका इलाम इञ्चार्ज सुमनसिंह सिले बुधबार एक विज्ञप्ती जारी गर्दै उत्पादन प्रणाली र बजारीकरणको र्दुदशा, बिचौलियाहरुको बिगबिगी र प्रभाव, दलाल राज्य ब्यवस्थाको चरम संकटका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन् ।
अब विद्रोहका लागि सबैलाई तयार बन्न उद्घोष गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, –‘आत्मदाहको बाटो लिनुभन्दा विद्रोहको बाटो रोजेर ब्यवस्था र अवस्था परिर्वतनका लागि तयार रहन युवाहरुलाई आह्वान गर्दछौं । ’ आत्मदाहलाई राज्य सञ्चालन प्रणाली प्रतिको चरम निरासाको रुपमा चित्रण गरिएको उल्लेख छ ।