दमक अस्पतालको ईमरजेन्सी बाहेकका सेवा बन्द

दमक,११ माघ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी दमक अस्पतालको अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।
दमक अस्पतालकी सूचना अधिकारी देबी दंगालका अनुसार भोलि बुधबारदेखि शुक्रबारसम्म चार दिनका लागि अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गरिएको हो ।
अस्पतालका एक दर्जनभन्दा बढि चिकित्सकसहित स्वास्थ्यकर्मी,कर्मचारीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथम विन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजार बढी विरामीले बिमामार्फत उपचार सेवा पाउदैआएका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published.