रेडस्टारले जित्यो अन्तर्राष्ट्रिय स्कुल अवार्ड

पथरीशनिश्चरे , ११ माघ । मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माध्यमिक विद्यालयले ईन्टरनेसनल स्कुल (आइसए )अवार्ड जितेको छ ।
अवार्डका लागि यस वर्ष २०२१को विभिन्न प्रोजेटहरुको संचालन तथा सम्पादन गरिसकेको रेडस्टार माविले प्रथम फूल इन्टरनेशनल स्कूल अवार्ड हात पारेको हो । अब पूर्वी मोरङमै रेडस्टार मावि सो अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त गर्ने पहिलो विद्यालय बनेको छ ।
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव संसाधन केन्द्रको संयुक्त सहयोग र ब्रिटिश काउन्सिल नेपालको आयोजनामा एक समारोहका बिच भर्चुअल माध्यम मार्फत नतिजा सार्वजनिक गरिएको रेडस्टार माध्यमिक विद्यालयका प्रधानाध्यापक टीएन तिम्सिनाले जानकारी दिए ।
ब्रिटिश काउन्सिल नेपालको अग्रसरतामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागको प्रत्यक्ष निगरानीमा विद्यालयस्तरमा पठनपाठन गराइने शिक्षण पद्धतिमा विश्वव्यापीकरण गर्दै एक देशको शिक्षण पद्धति अर्को देशको विद्यालयसँग जोड्नका लागि विद्यालयमा ब्रिटिश काउन्सिलले परियोजनात्मक कार्यद्वारा जीवनोपयोगी शिक्षालाई प्रोत्साहन गर्दै आएको छ । ब्रिटिश काउन्सिलले देशभरिको उत्कृष्ट विद्यालयहरुलाई ३ वर्षका लागि आइएसए अवार्ड प्रदान गर्दै आएको छ ।
रेडस्टार माविका विद्यार्थीहरुले पनि विश्वव्यापी रूपमा एउटा देशका विद्यार्थीहरूले आफ्नो कक्षाकोठाबाट अर्को देशको विद्यार्थीहरूसित विभिन्न परियोजनात्मक कृयाकलाप गरेर सिकेको सांस्कृतिक परम्परा तथा जीवन उपयोगी ज्ञान र सीपलाई विश्वका अन्य मुलुकहरूसित आदानप्रदान गर्दै शिक्षा ग्रहण गरेका थिए। भारत , पाकिस्तान लगायतका विद्यार्थीहरुसँगको संयुक्त परियोजना सञ्चालन समेत गरेका छन् । जसमा विद्यार्थीहरुले विदेशी विद्यालयका विद्यार्थीलाई अंग्रेजी तथा नेपाली भाषाको माध्यमबाट विद्यार्थीहरूले आफ्नो सिकाईलाई अर्को अन्तर्राष्ट्रिय पार्टनर स्कूलका विद्यार्थीहरुलित आदानप्रदान गरेका छन् ।
यस स्कुलले पनि यस वर्ष २०२१ का लागि विभिन्न ८ वटा प्रोजेक्ट संचालन गरिसकेको छ । विद्यालयमा नियमित रूपमा उत्कृष्ट अंकलाई आत्मसाथ गर्दै असल संस्कार सहितको जीवन उपयोगी शिक्षामा जोड दिँदै अवार्डको लागि प्रोजेटहरु अगाडी बढाएको रेडस्टार माध्यमिक विद्यालयका निर्देशक राजु तिमिल्सिनाले बताए।
जसमा स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय साकेला ( चण्डी ) नाचको सांस्कृतिक महत्व र उपादेयतालाई अझ धेरै बढाउने उद्देश्यले साकेला नाचलाई पनि परियोजना मार्फत सिकाई उपलब्धिमूलक बनाएको यो परियोजना प्रमुख ज्ञानी लावती बताउँछिन् ।उनले भारतको भारत नाटयम् नृत्य सित तुलनात्मक रूपमा अध्ययन गरिएको वताईन्।
यसैगरी , वातावरण स्वच्छता र शुद्धताका लागि स्थानीय क्षेत्रमा उपलब्ध हुने साल वा अन्य कुनै पनि विरूवाको पातको प्रयोग गरि वातावरण प्रदूषण नियन्त्रण गर्न सकिने र आफ्नो संस्कारसंस्कृति जोगाउन सकिने व्यवहारिक जोवन उपयोगी ज्ञान र सीप प्रदान गरिएको कुरा दुना टपरी परियोजनाकी संयोजक सरिता भट्टराईले वताईन्।
यो वर्ष रेडस्टार माविमा विभिन्न प्रोजेक्टहरु सञ्चालन भएका थिए। हरेक प्रोजेक्टमा ८ देखि १० वटा सम्म सिकाई क्रियाकलापहरु गर्नुकासाथै विद्यार्थीहरूले समुदाय र समुदायको निकटमा रहेका वन, वनस्पति , वन्यजन्तु र संस्कृतिको बारेमा अवलोकन, अनुसन्धान तथा प्रयोगात्मक कृयाकलापहरु गरी सिकाई उपलब्धिमूलक बनाएका हुन् ।
नेपाल सरकार मातहतको मानव संसाधन विकास परियोजनाका निर्देशक चुडामणि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भर्चुअल कार्यक्रममा ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर साहिदाले सहभागी १४७ विद्यालयहरुलाई धन्यवाद प्रदान गरेका कार्यक्रम संचालक सुदर्शन सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.