हत्यामा संलग्न राजवंशी पक्राउ

मोरङ्ग,११ माघ । कुटपीट गरी हत्या गरेको अभियोगमा मोरङ्गको कटहरी गाँउपालिका ३ का ३८ बर्षिय शेखर राजवंशीलाई प्रहरीले पक्राऊ गरेको छ ।
गत माघ ८ गते करिब ९.३० बजे रातिको समयमा वडा नं ३ स्थित रिङ्गरोडको नहरमा कटहरी ३ कै २८ वर्षे झप्पु भनिने अशोक ऋषिदेवलाई झगडाको क्रममा कुटपिट गरी मृत्यु भएको घटनामा संलग्न भई फरार रहेका राजवंशीलाई प्रहरीले पक्राऊ गरेको हो ।
गत आईतबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मोरङ्गको जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.