बेलबारीमा फुड फेस्टिबल तथा रमाईलो मिनी मेला शुरु

बेलबारी, ११ माघ । मोरङको बेलबारी -१स्थित लोहन्द्रा खोलाको पुल उत्तरपट्टि रहेको रिभर साईड रिसोर्टमा आजदेखि बेलबारी फुड फेस्टिबल तथा रमाईलो मिनी मेला शुरु भएको छ ।
विभिन्न सीप मार्फत बेलबारीका नागरिकहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले वेलबारी युवा समाजको आयोजनामा फुड फेस्टिबल तथा मेला सुरु भएको हो ।
मेलाको कोशी प्रदेशका सांसद मानबहादुर लिम्बू लगायतले रिबन काटेर उद्घाटन गरेका छन् ।
कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला), नेपाली काँग्रेस महासमितिका सदस्य महेन्द्र सुवेदी,नगेन्द्र जमरकट्टेल,नेपाली काँग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमालेका जिल्ला सदस्य ईरान राईको लगायत उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न खानाका परिकार सहितका स्टलहरु, बाल उद्यान, विभिन्न खेल तमासा लगायत दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक संस्थाका संयोजक हरि गुरुङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.