सुनौलो टोलमा मण्डलीद्धारा सरसफाई

दमक, ११ माघ । दमक–१ सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन मण्डलीले आज बिहान आफनो टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य जीवनका निम्ति सरसफाई कार्यक्रम अन्तर्गत मण्डलीले सुनौलो टोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
मण्डलीका प्रमुख पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा र सुनौलो टोल विकास समितिका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने सरसफाइमा मण्डलीका परिवार र स्थानीवासीहरुको वृहत जनसहभागिता रहेको थियो ।
सुनौलो टोलमा दिनानुदिन मानव बस्ती बढ्दो अवस्थामा रहेको र सरसफाईमा पनि उतिकै ध्यान दिन जरुरी रहेकाले त्यस सम्बन्धी सचेतनामूलक सरसरफाई कार्यक्रम गरिएको सरसफाई कार्यक्रमका संयोजक तथा मण्डलीका एल्डर सुरज लिम्बूले बताए ।
सोहि अवसरमा मण्डलीले सुनौलो टोललाई फलामको स्टेण्डसहितको फोहोर संङ्कलन गर्ने पाँच थान डस्विन समेत हस्तान्तरण गरेको छ ।सरसफाई कार्यक्रममा टोल विकासका पूर्व अध्यक्ष गणेशप्रसाद निरौला, सल्लाहकार मानबहादुर कार्की, पाष्टर आकाश थुलुङ राई, एल्डर सुरज लिम्बू, एल्डर पावल राई र एल्डर शरण रणपहेली, शारदा राईसहित मण्डली परिवार,स्थानीय सामाजिक अगुवा,सर्वसाधारणहरुको उल्लेखीय सहभागिता थियो ।
बप्तिस चर्चले मनायो रजत महोत्सव
कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गी बप्तिस चर्चले आज विभिन्न कार्यक्रम गरि आफनो रजत महोत्सव मनाएको छ । चर्च स्थापनाको २५ औ वर्ष पुगेको असरमा आयोजित रजत महोत्सवमा चर्चका ४ जना वृद्ध सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथैं स्मारिकाको समेत विमोचन गरिएको थियो ।
पास्टर दुर्गा राजवंशीको अध्यक्षताा तथा पास्टर मनोज श्रेष्ठको उपस्थितिमा भएको रजत महोत्सवमा इसाई गीत र नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रममा रेभ.दानियल सुब्बाले चर्च स्थापना र यसले पुरयाँएको सामाजिक योगदानको विषयमा परमेश्वरको वचनमार्फत प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन डिकन मनोज धिमालले गरेका थिए भने करिब ३ सयका हाराहारीमा चर्च परिवार सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.