दमक,१० माघ । झापाको कमल गाउँपालिकाले सन्थाल समुदायको विशेष पर्व सोहरायको अवसरमा भोलि माघ ११ गते बिहीबार स्थानीय बिदा दिएको छ ।गाउँपालिकाको ७ माघमा बसेको कार्यपालिकाको बैठकको निर्णयअनुसार सोहरायको अवसरमा माघ ११ गते स्थानीय विदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यद्धारा जारी सूचनामा स्थानीय विदामा अति आवश्यक सेवाबाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, पालिका अन्तरगतका सरकारी कार्यालय, सङ्घसंस्था र विद्यालय बन्द रहने जनाईएको छ ।
जिल्लाका गौरीगञ्ज, हल्दीवारी,कचनकवल लगायतका स्थानीय तहले भने यसअघिनै सोहरायको अवसर स्थानीय विदा दिएको थियो ।