बिर्तामोड ,११ माघ । नेपाल भूतपूर्व सैनिक संघ झापाको अध्यक्षमा पुनः टेकबहादुर श्रेष्ठ चुनिएका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यालयमा विर्तामोडमा विहिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको सचिवमा शेरबहादुर मादेन, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ चुनिए भने सदस्यहरुमा सलबहादुर गुरुङ, टिका बराल, दिलबहादुर खड्का, लक्ष्मी राई, कुमार गुरुङ, देबबहादुर चेम्जोङ, लक्ष्मी मादेन, गोपालधन गुरुङ, णकबहादुर खड्का, अरुण लिम्बू, उत्तरबहादुर गुरुङ, रिता मल्लिक, सुरजकुमार श्रेष्ठ, पूर्णबहादुर नगरकोटे मगर, दुर्गादेवी मगर, निर्मला प्रधान र रुपनारायण तामाङ चयन भएको निर्वाचन समिति संयोजक जलकुमार गुरुङले जानकारी दिए ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमलकुमार गुभाजु, मेनबहादुर थिङ तामाङ, निर्मला गुरुङ, मनिकुमार राई, अमरसिंह आङदेम्बेलाई चुनिए । संघको विधान अनुसार केन्द्रीय सदस्य लालबहादुर लिम्बू थेवे स्वतः महाधिवेशन प्रतिनिधि भए ।
यसैगरी अधिवेशनबाट कोशी प्रदेश अधिवेशन प्रतिनिधिमा कमल सेवा, शान्ता कार्की, राजेन्द्र श्रेष्ठ, डिकबहादुर लिम्बू, भागिमान गुरुङ र विरबहादुर बोखिम सर्वसम्मत चयन भएको निर्वाचन समिति सदस्य इन्दु पूर्वेलीले जानकारी दिईन् । संघको विधान अनुसार निर्वाचित सदस्यमध्येबाट ३ जना उपाध्यक्ष, ३ जना सहसचिव र १५ जना सदस्य अधिवेशन प्रतिनिधिमध्येबाट मनोनित हुनेछन् ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा केन्द्रीय प्रतिनिधि एवं संघका केन्द्रीय सदस्य लालबहादुर थेवे, कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, मेजर श्याम गुरुङ, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष दिलकुमार नेम्बाङलगायतले शुभकामना मन्तब्य राखेका थिए ।