दमक ,९ माघ । दमक -१ निवासी सामाजिक तथा राजनीतिक व्यक्तित्व गजेन्द्र देवान (गजु ) ले इलाम,चुलाचुलीका एक जना शारीरिक रुपमा अशक्तलाई एक थान ह्वीलचियर प्रदान गरेका छन् ।
कांग्रेस दमक- १ का वडासभापति समेत रहेका देवानले चुलाचुली–२ की माया राईका छोरा प्रकाशलाई घरमै पुगेर आज ती सहयोगी सामाग्री ह्वीलचियर प्रदान गरेका हुन् । अशक्त युवाको दैनिक कष्टकर देखेपछि सहजताका लागि त्यस किसिमको सहयोगी सामाग्री वितरण गरेको उनले जनाएका छन् ।
सहयोगी मनका धनी देवानले यसअघि पनि आफूले यसकिसिमका सेवाका कार्यमा सहयोग पुरयाँउदै आएको बताए ।