पथरीशनिश्चरे, ९ माघ । मोरङ,पथरीशनिश्चरे वडा नम्बर ८ का ११ जना घरपरिवारलाई धनीपुर्जा वितरण गरिएको छ । यो सगै पथरी शनिश्चरे नगरपालिकामा धनीपुर्जा वितरणको कार्य सुरुवात भएको हो।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ , पथरीशनिश्चरे वडा नं ८ का वडा अध्यक्ष नवीन जंग कार्कीसहित जनप्रतिनिधिहरूको टोलीले धनीपुर्जावितरण गरेको थियो।
पुर्जा प्राप्त गर्नेहरुमा वडाका चोकराज कटुवाल, जैसे मगर, टिकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पूर्णबहादुर माझी (क), पूर्णबहादुर माझी (ख), चन्द्रमाया कटुवाल, सुकविर माझी, इन्द्रबहादुर विश्वकर्मा र लोकबहादुर कार्की रहेका छन् ।
अघिल्लो आयोगले गरेको अधुरो कामलाई पूरा गरी पथरीशनिश्चरेमा प्रथम पटक पुर्जा वितरण गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिए ।शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुल चोक, बागडुग्रा, राई डाडा लगायतको क्षेत्रमा नयाँ नापी सुरु गर्न स्थलगत अनुगमन समेत गरिएको जनाईएको छ ।