एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

झापा,९ माघ । नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको छ । उनी हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गरेका कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.