बिर्तामोड,१० माघ । नेकपा (एकीकृत समाजवादी) झापाको आगामी चैतमा जिल्ला अधिवेशन हुने भएको छ ।पार्टी झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटिी झापाको अधिवेशन आगामी चैत तेस्रो साता सम्पन्न गर्ने निर्णय गरेको छ । सो अधिवेशन सम्पन्न गर्नका लागि बैठकमा प्रारम्भिक चरणका तयारी र व्यस्थापनका बारेमा छलफल भएको हो ।
त्यस्तैं, चैतमा हुने भनिएको पार्टी प्रदेश कमिटीको प्रथम अधिवेशन, चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका बारेमासमेत बैठकमा छलफल भएको छ । स्ववियु निर्वाचनका लागि अनेरास्ववियू जिल्ला कमिटी र जिल्ला कमिटी पार्टी झापाका विद्यार्थी इन्चार्जसंग अन्तरक्रिया र छलफल गर्ने बैठकमा भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज पुष्पराज पोख्रेलको आतिथ्यता रहेको बैठकमा केन्द्रीय सदस्य तथा सहइञ्चार्ज नीलमणि बराल, केन्द्रीय सदस्य सविता भण्डारी भेटुवाल, प्रदेश कमिटी सदस्य बासु दुलाल, जिल्ला कमिटी झापाका उपाध्यक्ष उमेश तिम्सिना, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, बिर्तामोड नगर इञ्चार्ज श्रीप्रसाद मिश्र, बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, दमक नगर अध्यक्ष हरिप्रसाद नेपाल, युवा संघ नेपालका केन्द्रीय सदस्य प्रतिक राजवंशी, भूमि आयोगका पूर्व सदस्य तथा भद्रपुर नगर सचिव सानु कुमार लामा, अनेमसंघ झापाकी उपाध्यक्ष सरस्वती लिम्बु लगायतका नेताहरुको उपस्थिति थियो ।