धिमाल जातिय विकास केन्द्रको नयाँ नेतृत्व,अध्यक्षमा अम्बरलाल

दमक,९ माघ । धिमाल जातीय बिकास केन्द्र केन्द्रीय समितिको नयाँ नेतृत्व चयन भएको छ । मोरङ्गको उर्लावारीस्थित मंगलवारेमा भएको केन्द्रको सातौ महाधिबेशनको निर्वाचबाट अध्यक्षमा उर्लाबारीका अम्बरबहादुर धिमाल निर्वाचित भए । उनले दमकका कृष्णबहादुर धिमाललाई पराजित गरेका थिए ।
सह–अध्यक्ष पदमा सुनपकुवा मोरङका कविराज धिमाललाई पराजित गर्दै बलुवाही मोरङका केदार धिमाल, खुल्ला उपाध्यक्षमा शान्तिदेवी धिमाल, गिरीराज धिमाल, पर्वतबहादुर धिमाल र रुकमणी धिमाल बिजयी भए । यसैगरी महिला उपाध्यक्षमा गंगामाया धिमाल निर्विरोध भए भने महासचिवमो मातृका धिमाल बिजयी भएका थिए । उनीसंग सुनिल धिमाल प्रतिष्पर्धी थिए ।
यस्तै सचिवमा अजित कुमार धिमाल, महिला सचिवमा रोमन्सी धिमाल र कोषाध्यक्षमा रत्नबहादुर धिमाल चयन भएका छन् । केन्द्रको केन्द्रीय सदस्यहरुमा बिष्णुबहादुर , टेकमाया रत्निमाया, जयबहादुर धिमाल, लालबहादुर ,हरिलाल र प्रतिमान धिमाल चयन भएका छन् ।
३९ सदस्यीय केन्द्रीय समितिको सदस्यहरुमा लेखलाल ,सविता ,बुद्धिमाया (गिता),भुवनकुमार , नारायण ,शंकरकुमार ,दिपेन्द्र ,राधिका र मिनु , पुष्पा धिमाल,पितबहादुर , शिवप्रसाद , मनोज, सावित्री,फुलकुमारी धिमाल लगायत रहेका छन् ।
यसैगरि, महाधिबेशनले राष्ट्रियसभाको सभापतिमा भने लोकबहादुर धिमाल, उपसभापतिमा लालभित्ती बेलबारीका कविन्द्रराज धिमाल , सचिवमा दमकका मणिराज धिमाल विजयी भएको निर्वाचन मण्डलका अध्यक्ष नगेन्द्रबहादुर धिमालले बताए ।
यसैगरि, संस्थाको परियोजनातर्फ तारिलाल धिमाल संयोजक, उद्योग तथा सहकारी तर्फ प्रथम धिमाल संयोजक ,खोज तथा अनुसन्धानतर्फ मोहनकुमार धिमाल संयोजक,महिला तथा बालबालिका तर्फ संयोजकमा पम्फा धिमाल, न्याय तथा अनुशासन तर्फ संयोजकमा श्रीप्रसाद धिमाल र प्रशिक्षण तथा संगठन तर्फ संयोजकमा नारायण राजदोङ्गे चयन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.