दमक, ९ माघ । दमक नगरपालिका वडा न. ४ हरियाली टोलमा रहेको भालु खोला धरधरेमा आरसीसी कल्भर्ट निर्माण गरिएको छ । नवनिर्मित कल्र्भटको दमक नगर प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भटटराई प्रसाईले संयुक्त रुपमा उद्घाटन गरे । कोशी प्रदेश सरकारको समपुरक अनुदान साथै दमक नगरपालिकाको चालु वर्षको वजेटसहित कुल ९९ लाख २३ हजार ७३५ रुपैयाको लागतमा दमक २,३ र ४ वडामा पर्ने भालु खोलाको धरधरेमा कल्र्भट निर्माण गरिएको नगरपालिकाले जनाएको छ । बर्षोदेखि त्यस ठाउँमा कल्र्भट नहुदाँ स्थानीयलाई आवगमनमा असुविधा झेल्दै आउनुपरेको थियो ।
कल्र्भट उद्घाटनमा स्थानीयले नगरकै विकट मानिएको यस टोलको धरधरे खोलामा कल्र्भट निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएको दमक ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले बताए ।