ताजपुरिया समाज कल्याण परिषद कमलको नेतृत्व चयन

मल,८ माघ । ताजपुरिया समाज कल्याण परिषद कमल गाउँँ इकाई समितिको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न परिषदको अधिबेशनले तिर्थकुमार ताजपुरियाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पूर्णकला ताजपुरिया, सचिवमा ओम ताजपुरिया,सहसचिवमा लक्ष्मी ताजपुरिया र कोषाध्यक्षमा लक्ष्मी ताजपुरिया चुनिएका छन् । यसैगरि सदस्यहरुमा ओमप्रसाद,दुखनी,धनराज र पूर्ण ताजपुरिया चुनिएका छन् ।
यस्तै,अधिबेशनले चन्द्रप्रसाद ताजपुरियाको संयोजकत्वमा सदस्यद्धय बहादुर र दिलीप ताजपुरिया रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.