कमलको समाधिस्थलमा वृहत सरसफाइ कार्यक्रम

झापा, ८ माघ । झापाको कमल गाउँपालिका ५ सावित्रा चौक उत्तर समाधिस्थलमा आज सचेतनामूलक सरसफाई गरिएको छ । हालै गठन गरिएको समाधिस्थल व्यवस्थापन समितिले सरोकारवालाहरुको उपस्थितिमा समाधिस्थल परिसरमा सरसफाई गरिएको समितिका संयोजक धिरेन्द्र सम्वाहाम्फेले बताए ।
लामोसमयदेखि समाधिस्थल परिसर सरसफाइ हुन नसकेकाले समाधिस्थल प्रदुर्षित भएको भन्दै समितिको सक्रियतामा झाडु,कुचो लगाएर फोहोर संकलन गरि नष्ट गरिएको सचिव देवेन्द्र राज आङ्गदेम्बेले जानकारी दिए ।
सरसफाई कार्यक्रममा समितिका पदाधिकारी,सदस्य तथा आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिह राई,महासचिव दिपेनवाला राई,नेपाली काँग्रेस वडा नम्बर ६ सभापति रोशन दाहाल, कमल ५ वडा सदस्य गीता गजुरेल लगायत दमक लखनपुर लायन्स क्लब, विभिन्न राजनीति दल र विभिन्न संघसंस्थालाई प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समाधिस्थलबाट संकलित फोहोरमैला कमल गाउँपालिकाको फोहोर संकलन गर्ने ट्याक्टरमा संकलन गरी व्यवस्थापन गरिएको थियो ।
समाधिस्थलको संरक्षण गरि त्यसको सौन्दर्यकरणमा जोड दिने अभिप्रायले अभियानलाई यसरीनै थप शसक्त बनाउदै लैजाने सचिव आङ्गदेम्बेले बताए । उनले भने, –‘ यस समाधिस्थललाई नमुनासंगै आर्कषक गन्तव्यका रुपमा विकास गर्ने ध्येय छ, यसमा स्थानीय सरकारको समेत सहयोगको अपेक्षा लिएका छौं ।’
समितिले समाधिस्थलमा सार्वजनिक सूचनानै राखेर समाधिस्थलको संरक्षण र त्यसको व्यवस्थापन गर्नका लागि सवैसंग आग्रहसहितको बोर्ड समेत टाँय गरिएको छ । समाधिस्थल गरिने संस्कारलाई बैज्ञानिक तथा थप व्यवस्थि तगर्न खाँचो भएकाले कन्क्रीट संरचनाहरूलाई निरुत्साहित गर्दै हेड स्टोन मात्र बनाउन प्रेरित गर्न जोड दिईने अध्यक्ष सम्बाहाम्फे बताउँँछन् । जथाभावी मृत शव गाड्दा समाधिस्थल दिनानुदिन प्रर्दुषित बन्दै गएकाले अव समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन अभियान शुरु गरिएको उनले बताए । उनका अनुसार सो क्षेत्रमा मलामी विश्रामस्थल, शौचालय, खानेपानी उपलव्ध गराउने देखि समाधिस्थल क्षेत्रलाई सौन्दर्यकरण तर्फ विकास गर्ने किसिमका कामहरु सञ्चालन गरिने लक्ष्य छ । त्यस्तै, समितिले अव उप्रान्त कपुरखान बनाउने कार्यमा एकरूपता ल्याउन समेत पहल गरिने सचिव आङ्गदेम्बेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.