झापा गाउँपालिकाका २२० जना छात्रालाई साइकल वितरण

झापा,८ माघ । झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो पुरयाँउने उद्देश्यले कक्षा ९ का २२० जना छात्रालाई निशुल्क साईकल वितरण गरेको छ । छात्रा विद्यार्थीलाई विद्यालयको नियमित पठनपाठनमा आर्कषित गराउन साईकल यसवर्ष पनि साईकल वितरण कार्यलाई निरन्तरता दिईएको अध्यक्ष जयनारायण शाहले बताए । साईकल पाउनका लागि छात्राहरुले नियमित रुपमा विद्यालय जानुपर्ने नियम बनाइएको छ ।
गाउँपालिकाका अनुसार ती साईकल जनता मावि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेवी माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई प्रदान गरिएको हो ।
साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले बालबालिकालाई साईकल बितरणबाट उनीहरुको शिक्षाआर्जन गर्न पाउने मौलिक हकमा समेत सहयोग मिलेको बताए । आदिवासी, लोपोन्मुख सन्थाल र मधेसीमुलको बाहुल्यता रहेको यस झापा गाउँपालिकामा अधिकांश वालिकाहरु वीचमै विद्यालय छाड्ने र चाँडै विवाह हुने समस्या रहेकाले यस कार्यले विद्यालय आउन सहज भएको उनले बताए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन ढकालका अनुसार गाउँपालिकाले ३ बर्षदेखि हरेक बर्ष यस कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । हरेक बर्ष साईकल पाउने छात्राहरुको सङ्ख्या थपिनुले समेत साइकल पाउने आशमा छात्राहरु नियमित स्कुल जानेगरेको उनले जनाएका छन् । यसबर्ष साईकल खरिद गर्नका लागि २० लाख रुपियाँ गाउँपालिकाले बजेट विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.