=दमक,९ माघ । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक ईकाई समिति दमकको नवनिर्वाचित कार्यसमितिको सपथग्रहणसहित कार्यालय स्थान्तरणको उदघाटन गरिएको छ ।
गत पुस २५ गते भएको नवौ अधिवेशनबाट निर्वाचित अध्यक्ष खड्ग पाण्डेसहितका पदाधिकारी र सदस्यहरुलाई बुधबार निर्वाचित प्रमाणपत्र प्रदान गर्नुका साथैं सपथग्रहण,पदहस्तान्तरण र कार्यालय स्थान्तरण कार्यक्रम एकै साथ सम्पन्न गरिएको उपाध्यक्ष भिम पौडेलले बताए ।
संघका निवर्तमान अध्यक्ष दिनेश भट्टराईको अध्यक्षता तथा नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव बिश्वाश कास्यप, मजदुर अगुवाहरु डार्विन संग्रौला,गौतमकुमार लामा,यादव ओली,तुलसी खड्का लगायत हलुका सवारी चालकको उपस्थिति रहेको थियो ।
अधिबेशनले अध्यक्षमा पाण्डे,उपाध्यक्षमा भिम पौडेल,सचिवमा डिल्लीप्रसाद अधिकारी,सहसचिवमा हरि दाहाल,कोषाध्यक्षमा प्रकाश धिमाल तथा सदस्यहरुमा चन्द्रकान्त पौड्याल,केशव कोईराला,अर्जुन कालाखेती,केशव राउत,रमेश धिमाल,मोहन पौड्याल,शिव दंगाल,रमेश श्रेष्ठ सर्वसम्मत निर्वाचत भएका थिए । उनीहरुलाई निर्वाचन समितिका संयोजक समेत रहेका संघका केन्द्रीय सचिव कास्यपले संस्थाको विधान बमोजिम पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
हलुका सवारी चालक इकाई दमकले आफनो कार्यालय दमक ८ स्थित मकालु मार्गमा स्थान्तरण गरि आजैदेखि सञ्चालनमा ल्याईएको अध्यक्ष पाण्डेले बताए ।