कमल,९ माघ । झापाको कमल गाउँपालिकास्थित पाडाजुंगी –मंगलवारे सडकमा रोपिएका विरुवाको बुधबार स्थानीयले गोडमेल गरेका छन् ।कमल गाउँपालिकाको पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मङ्गलबारेसम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल गरि पानी हालिएको हो । गोडमेलमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई तथा स्थानीयहरुले श्रमदान गरेका थिए भने पालिकाको बारुणयन्त्रमार्फत विरुवामा पानी लगाइएको थियो ।
सगुन युवा क्लबको आयोजना तथा पालिकाको कृषि शाखाको सहयोगमा स्थानीय युवाहरूले विहानभरि त्यहाँको बिरुवा गोडमेल तथा संरक्षण कार्यक्रम आयोजना गरिएको थियो। गाउँपालिकाले पाडाजुङ्गीदेखि मंगलबारेसम्मको सडकलाई नमुना सडकका रुपमा स्तरन्नति गरि त्यहाँ पाल्म जातका करिव एक सय बढी बिरुवा रोपिएको थियो ।
कार्यक्रममा पालिका राई ,कृषि शाखा प्रमुख महेन्द्र बोहोरा, सगुन युवा क्लबका अध्यक्ष देवी आङ्देम्बे , सचिव रोशन दाहाल, समाजसेवी दिनेश अधिकारी, होटल तथा व्यवसायी कुल बहादुर दाहाल, दिनेश घिमिरे, अजिव राई, अनिल बिक्रम राई, धिरज श्रेष्ठ, विवेक बस्नेत, केदार चापागाईं, बिनोद घिमिरे , हर्कबहादुर दाहाल, रुप नारायण निरौला, कृषि शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। त्यस सडकमा रोपिएको विरुवा संरक्षणमा स्थानीयले यसरीनै अभियान सञ्चालन गरिआएको सगुन युवा क्लवका अध्यक्ष आङ्देम्बेले बताए ।