विर्तामोडको सार्वजनिक स्थानमा कुकुरलाई आची गराए पाँच हजार जरिवाना

झापा, ८ माघ । विर्तामोड नगरपालिकाका भित्र जथाभावी कुकुरलाई दिशा गरिएको पाईए अव जरिवाना तिर्नु पर्ने भएको छ ।सार्वजनिक स्थानमा कुकुर डुलाएर दिसापिसाब गराए कुकुर पाल्ने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गराइने नगरपालिकाले जनाएको छ ।
विर्तामोड–१ मा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा कुकुर डुलाएर दिसापिसाब गराउनेलाई पक्राउ समेत गरिरहेको बेला विर्तामोडले समेत उस्तै प्रकृतिको कार्वाही अघि बढाउने तयारी गरेको बताए ।जरिवाना मात्र होइन, कुकुरधनीलाई थप कार्वाही समेत गरिने उनको भनाई थियो ।
सहरी क्षेत्रमा आफुले पालेका कुकुर विहानै डुलाउँदै सडक किनार र पार्कमा लगेर दिसा पिसाब गराउने नराम्रो चलन बढ्दै गएपछि नगरपालिकाले अव कुकुरको व्यवस्थापनका लागि यस किसिमको नियम बनाउने उनले जानकारी दिए ।
विर्तामोड नगरपालिकाले यस्तो कार्वाहीका लागि टोल विकास समितिको सहयोग लिने बताइएको छ । हालसम्म कसैलाई पनि कार्वाही भएको सार्वजनिक भने भएको छैन् ।

Leave a Reply

Your email address will not be published.