शिक्षिका खनालले दिइन कोषमा एक लाख सहयोग

दमक,८ माघ । शिक्षिका समेत रहेकी दमककी सामाजिक व्यक्तित्व दुर्गा काफ्ले खनालले स्थानीय डाइनामिक पब्लिक लाईब्रेरी इन्टरनेशनल छात्रवृत्ति कोषमा रू १ लाख प्रदान गरेकी छन् ।
दमक- ८ स्थित डाइनामिक पब्लिक लाईब्रेरीमा आयोजित एक कार्यक्रमका बीच दाता खनालले उक्त कोषका लागि रु १ लाखको चेक लाइव्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने र कोषका संयोजक सन्दिप चापागाई (दिपु ) लाई संयुक्त रुपमा हस्तान्तरण गरिन् । सहयोग हस्तान्तरणका क्रममा दाता खनालले कोषमार्फत विपन्न समुदायलाई शिक्षा,स्वास्थ्यमा सहयोग पुरयाँउन थोरै भएपनि यस सहयोगले सघाँउ पुग्ने विश्वास व्यक्त गरिन् ।
शिक्षाबाट बञ्चित समाजका विपन्न अनाथ, सडक बालबालिकालाई निरन्तर शिक्षा र भविष्यमा आवास सहितको उच्च शिक्षा दिने उद्देश्यले गत असार १४ गते डिपिएल इन्टरनेशनल छात्रवृति कोष स्थापना गरिएको संयोजक चापागाईले बताए । उनले कोषमा दाता खनालले पुरयाँएको सहयोग अनुकरणीय भएको भन्दै धन्यवाद गरे ।
दमक ९ निवासी खनालले विभिन्न सामाजिक तथा परोपकारी कार्यमा सहयोग गरिआएकी छन् ।
यसैगरि,आजनै पब्लिक लाइब्रेरी दमकमा वरिष्ठ साहित्यकार डा.अशोक थापाको कथा संग्रह “सन्तापको धून माथि “बिमर्श तथा परिसंवाद समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.