चुम्लुङ दमकले बनभोजसहित कक्फेक्वा तङनाम मनायो

दमक ,८ माघ । किरात याक्थुङ चुम्लुङ दमकले आइतवार बनभोजसहित कक्फेक्वा तङनामको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।चुम्लुङले इलामको चुलाचुलीस्थित चपेटीमा आयोजित कक्फेक्वा तङनाम विशेष शुभकामना आदानप्रदान कार्यक्रमसहित सम्मान,धान नाँच, हाक्पारे,लिम्बूजन्य खेलहरु छेलो हान्ने,हण्डीफोर,डोरी तान्ने खेल,हाजिरीजवाफ लगायतका गतिविधिहरु गरिएको छ ।
चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र मावोहांग चेम्जोङको अध्यक्षता तथा प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदानमा चुम्लुङकी केन्द्रीय सदस्य चन्द्रकला सुब्बा, जिल्ला अध्यक्ष शेषेहांग फियाक,प्रदेश सदस्य जितेन पन्दाक,राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिंह सम्बाहाम्फे लगायतले कक्फेक्वा तङनामको शुभकामना राखेका थिए ।
बनभोज कार्यक्रमका संयोजक चन्द्रबहादुर कन्दङवाका अनुसार बनभोजसहित कक्फेक्वा तङनाम विशेष कार्यक्रममा दमकसहित कमल,गौरादह,उर्लावारी,धरानसम्मका करिव ५ सय लिम्बू समुदायहरुको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा चुम्लुङले दमक निवासी प्रदेश सांसद लावतीलाई अभिनन्दन समेत गरेको थियो । साथै, ज्येष्ठ सदस्यहरु, विभिन्न खेल सम्बन्धी प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कृत गरिएको थियो । चुम्लुङ नगर उपाध्यक्ष ओममाया आङदेम्बेले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा गीत,नृत्य प्रस्तुत तथा लिम्बूजन्य खाद्य परिकारहरुको समेत भोजन खुवाईएको थियो ।

Leave a Reply

Your email address will not be published.