दमक जेसीजको अध्यक्षमा बराल

अध्यक्ष :वराल

दमक, ७ माघ । दमक जेसीज बर्ष २०२२ को अध्यक्षमा सन्जीव वराल चयन भएका छन् । आज सम्पन्न दमक जेसीजको ४१ औ बार्षिक साधारणसभाले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्षमा बरालसंगै मुकेश अग्रवाल,निरोज आचार्य गरि तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए । अध्यक्षमा सहमति जुटाउन निकै लामो कसरतपछि बराल निर्विरोध चुनिएका थिए ।
युवा व्यवसायी बराल बर्ष २०२० का महासचिव भएर सफलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए । यस्तै, दुई कार्यकारी उपाध्यक्षमा यो समाचार तयार पार्दासम्म सहमति बन्न सकेको छैन् । कार्यकारी उपाध्यक्षमा सन्जीव न्यौपाने,राजकुमार अग्रवाल,सुमन कोइराला,उमेश गजमेर,सुनिता आचार्य र सहदेव भट्टराई गरि ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन गर्न पूर्वअध्यक्ष भीमराज चम्लागाई आयुक्त रहेको एक समिति गठन गरिएको थियो ।
अध्यक्ष, दुई कार्यकारी उपाध्यक्ष बाहेकका अन्य पदमा निर्विरोध निर्वाचित भएको आयुक्त चम्लागाईले जानकारी दिए ।
उनका अनुसार चार उपाध्यक्षमा क्रमशःसन्ध्या अधिकारी,समिर दाहाल,रुवेल अधिकारी, साजन श्रेष्ठ, तालिम निर्देशकमा राजेन्द्र बिमली र जनसम्पर्क अधिकारीमा लोकनाथ सापकोटाको निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.