करेन्ट लागेर एक जनाको मृत्यु

उर्लाबारी ,७ माघ । पानी तान्ने ट्युवेलमा करेन्ट लागेर मोरङको रतुवामाई नगरपालिका ९ मा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका ७ का घर हाल सोहि क्षेत्रमा मजदुरी गरिआएका २५ बर्षीय मदन श्रेष्ठ रहेका छन् ।

विहिबार हिजो बेलुका ६ बजे रतुवामाई ९ बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउँदा करेन्ट लागेर घाईते भएका थिए । उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.