तेस्रो भेरियन्टयता झापाका ११ जना पत्रकार संक्रमित

पत्रकार गिरिराज भट्टराईकी श्रीमतीलाई पोषण सामाग्री हस्तान्तरण गरिदै

मक,७ माघ । कोभिड– १९ को तेश्रो भेरियन्ट फैलिएयता झापाका ११ जना पत्रकार संक्रमित भएका छन् । आजसम्म जिल्लाका विभिन्न सञ्चारमाध्यममा कृयाशील ११ जना पत्रकार संक्रमित भईसकेका नेपाल पत्रकार महासंघ झापा शाखाले जनाएको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीका अनुसार संक्रमणबाट महासंघ झापा शाखाका सचिव डिकेश लामा, राष्ट्रिय समाचार समिति मेचीकी प्रमुख अम्बिका भण्डारी,गोपाल गिरी ,साबित्रा दाहाल,सुब्रत न्यौपाने,सुनिरा मैनाली ,कृष्ण कार्की,गिरिराज भट्टराई ,इन्द्र न्यौपाने र राजु अधिकारी रहेका छन् । त्यसमध्ये गिरी भने आज निको भएको पिसिआर परीक्षणको रिपोर्ट आएको छ ।
यसअघि पहिलो र दोश्रो भेरियन्ट यता जिल्लाका ५१ जना पत्रकार संक्रमित भएको महासंघले जनाएको छ । संक्रमित मध्ये बिर्तामोड निवासी पत्रकार कमल मिश्रको काठमाण्डौमा र कमल गाउँपालिका ५ निवासी गणेशप्रसाद शिवाकोटी गरि दुई जनाको निधन भएको छ ।
यसैवीच ,महासंघले संक्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझदै पोषणसहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु घरघर पुगेर वितरण गरिआएको छ ।
जिल्लाको माइपश्चिम क्षेत्रका संक्रमित तीन जना पत्रकारको घरैमा पुगेर महासंघका १ नम्बर प्रदेश समितिका सदस्य बिष्णु सुब्बा, महासंघ झापा शाखाका सदस्य चिरञ्जीवि घिमीरे सम्मलित टोलीले ती सामाग्रीहरु हस्तान्तरण गरे । आज हस्तान्तरण गरिएको सामाग्रीमा माक्स,सेनेटाइजर,पन्जा तथा अन्य पोषिलो पोषण रहेका छन् ।

Leave a Reply

Your email address will not be published.