पथरी शनिश्चरे नगरपालिकाद्धारा १४ औं नगर सभाले पारित गरेका निर्णयहरुबारे सार्वजनिक

पथरीशनिश्चरे, ७ माघ । मोरङको पथरी शनिश्चरे नपाको १४ औं नगर सभाले पारित गरेका निर्णयहरू सार्वजनिक गरिएको छ।आज आईतबार नगरपालिकाको सभाहलमा आयोजित एक पत्रकार सम्मेलनमार्फत नगरका प्रवक्ता नवीन कार्कीले गत माघ ०५ गते सम्पन्न भएको नगर सभाबाट पारित निर्णयहरूबारे जानकारी दिए।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष भीम कुमार राई समेतको उपस्थितिमा प्रवक्ता कार्कीले अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण गदैं नगर प्रहरी सम्वन्धी ऐन २०८० र साझेदारी सम्वन्धी ऐन २०८० पारित भएको बताए ।
सोहि क्रममा नगरका लेखा समिति संयोजक भीमकुमार राईबाट लेखा सुपरीवेक्षण र न्यायिक समिति सदस्य पदम धिमालबाट न्यायिक समितिको प्रतिवेदन सहित अन्य केही महत्वपुर्ण निर्णयहरु नगरसभामा पारित भएको उनले जानकारी दिए । उनले नगरका गौरवका आयोजनाहरु सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन भएको उल्लेख गरे। नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणकालागि जग्गा प्राप्तिका लागि काम भैरहेको र
्सोका लागि १३ औं नगर सभाबाट ३ करोड ६१ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिसकेको उनले उल्लेख गरे ।
त्यस्तै,उनले नगरअस्पतालको नयाँ भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको, वडा नं ०८ को बुद्ध माविको भवन निर्माण कार्य सम्पन्न गर्न क्रमागत योजना अनुरुप १ करोड रूपैयाँ बराबरको बजेटबाट हाल निर्माण भैरहेको, बडा १० को मलामी खाजा घर निर्माणका लागि १ करोड रूपैयाँ, पुलचोक हुदै सिरिशेडांडा-भातेगौडा सडक खण्ड सम्पन्न गर्ने उद्देश्यले १ करोड रूपैयाँ र पथरी बजारमा टहरा निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको जनाए।
सोहि अवसरमा संचारकर्मीहरुले फोहोरमैला व्यवस्थापन सम्बन्धी राखेको जिज्ञासामा नगरप्रमुख तुम्वापोले पथरीशनिश्चरे नगरपालिकाका छिमेकी उर्लावारी र लेटाङ्ग , कानेपोखरी जस्ता पालिकाहरूसित वैज्ञानिक फोहोरमैला व्यवस्थापनको लागि निरन्तर छलफल भैरहेको र पछिल्लो समयमा दमक नगरपालिकाले अभ्यास गरिरहेको फोहोरमैलालाई बायो( रिसाईग्रेसन र रिसाक्लिङ सम्बन्धमा आवश्यक अध्ययन गरी रहेको पनि बताए।
त्यसैगरी, उनले पथरीशनिश्चरे नगरले आलुको उत्पादन बढाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिएको ,किसानले उत्पादन गरेका कृषिजन्य सामानहरूको लागि पनि संघीय सरकार समक्ष एउटा चिस्यान केन्द्रको आवश्यकता महशुस गरी आवश्यक बजेटको माग गरेको जनाए । पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन नगरका सूचना संयोजक सन्तोष राईले गरेका थिए।

Leave a Reply

Your email address will not be published.