दमक जेसीजको ४३ औं पदस्थापन, महासचिवमा भट्टराई

दमक,७ माघ । दमक जेसीज वर्ष- २०२४ का नवनिर्वाचित अध्यक्ष रामचन्द्र अधिकारीले बोर्ड विस्तार गरेका छन् । दुई दिन अघि दमक जेसीजको ४३ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच उनले दमक जेसीज बोर्डका केहि पदमा मनोनित गरि कार्यसमितिलाई पूर्णता दिएका हुन् ।
बोर्डको विस्तारित समितिको महासचिवमा सहदेव भट्टराई, कोषाध्यक्षमा रूवल अधिकारी ,प्रकरण निर्देशकमा राजेन्द्र बिमली,सचिवमा सन्दिप न्यौपाने, जनसम्पर्क अधिकारीमा साजन श्रेष्ठ, तालिम निर्देशकमा सरोज ढकाल र कानुनी सल्लाहकारमा रमेश लुईटेललाई मनोनित गरिएको हो ।
यसअघि दमक जेसीजको निर्वाचन कार्यक्रमबाट रामचन्द्र अधिकारी अध्यक्षतामा बोर्ड गठन गरिएको थियो । समिकिो निवर्तमान अध्यक्षमा मुकेश अग्रवाल, कार्यकारिणी उपाध्यक्षद्धयमा लोकेश सापकोटा , उमेश गजमेर ,उपाध्यक्षहरुमा पंकज पोख्रेल,पुजन चौधरी ,कृष्ण भट्टराई , विशाल «‘अधिकारीलाई निर्वाचित गरेको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष मुकेश अग्रवालले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई अध्यक्षको चेनसहित पदभार जिम्मा दिएका थिए ।
प्रदेशका सभामुख अम्बर विष्टको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि उनीहरुलाई सपथग्रहण गरि पदहस्तान्तरण गरिएको थियो । कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई लगायत दमक जेसीजका पूर्व अध्यक्षहरु, दमक जेसीज बोर्ड अफ ट्रष्टका अध्यक्ष,पदाधिकारीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.