गौरीगञ्ज,७ माघ । पिृतको स्मृतिमा झापा, गौरीगञ्जका एक जना दाता परिवारले किरात याक्थुङ चुम्लुङ गौरीगञ्जलाई दुई कठठा जमीन दान दिएका छन् ।किरात माङहिम बनाउनका लागि गौरीगञ्ज गाउँपालिका वडा न. ३ निवासी स्व.कंशध्वज र आमा सन्जमाया नेम्बाङका परिवारजनले दिवंगत पितृको स्मृतिमा गौरीगञ्ज ४ मा बेलडाँगीमा दुई कठठ जमीन दान दिएका हुन् ।
दान दिएको जमीनको मूल्य करिव ४ लाख पर्ने छ । गौरीगञ्जमा हालै लिम्बू समुदायहरुको उपस्थितिमा आयोजित चुम्लुङ गठनका भेलामा दाता परिवारकी जयहाङमा नेम्बाङले सो घोषणा गदैं चाडै नियमानुसार जग्गा पास गरिदिने उल्लेख गरिन् ।
नेम्बाङ परिवारले दिएको जग्गामा चाडै नै स्रोत जुटाएर माङहिम बनाउने लक्ष्य राखिएको चुम्लुङ अध्यक्ष बुद्धराज नेम्बाङले बताए ।