फिदीम ,७ माघ । जिल्लाको फिदिम नगरपालिका–१ बाट ८ ग्राम प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिदिम–१ की ३२ बर्षीया देवी लकान्द्री रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु एक थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरिएको हो ।
ब्राउनसुगरसहित पक्राउ परेकी लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।