
झापा,६ माघ । झापाको बाह्दशी गाउँपालिकाले स्थानीय रेडक्रसलाई एम्बुलेन्स दिएको छ । विहिबार पालिकामा एक कार्यक्रमका बीच पालिकाका अध्यक्ष खड्क राजबंशीले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
त्यसैगरि सभापति अध्यक्ष ढकालले रेडक्रस उपशाखा चकचकीका अध्यक्ष दयानन्द गोस्यामीलाई चावी हस्तान्तरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष राजवंशीका अनुसार गाउँपालिकाबाट उपलव्ध रु ११ लाख वजेट मार्फत महिन्द्रा कम्पनीको बोलेरो खरीद गरेको हो । गाउँपालिकाका नागरिकलाई आपतकालिन अवस्थामा अस्पतालसम्म पुरयाँउन एम्बुलेन्स आएपछि थप सुविधा पुग्ने अध्यक्ष राजबंशीले बताए ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई लगायत रेडक्रसकर्मी,कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।