झापामा सभा समारोह गर्न बन्देज

झापा , ६ माघ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्ला भित्र सभा,समारोह लगायतका भिडभाड हुने गतिविधिमा बन्देज लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्ला भित्र आज मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको मिति गत पुस ३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी अर्को सूचना नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश जारी गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.