निरौलाको पसलमा एक लाख बढीको चोरी

कमल ,६ माघ । झापाको कमल गाउँपालिका -५ मंगलवारे वजारको एक किराना पसलबाट चोरी भएको छ । शुक्रवार राति अज्ञात समूहले स्थानीय मोहन निरौलाले सञ्चालन गरेको किरानासहित डेरी पसलबाट नगद रु एक लाखसहित अन्य समान गरेर १ लाख २५ हजार चोरी भएको छ ।
उनका अनुसार बजारको मुख्य भागमा रहेको पक्की घरको सो पसलको ढोका तोडेर गल्लामा रहेको नगद ९६ हजारसहित रिचार्ज लगायतका समानहरु चोरी भएको हो । चोरले छिमेकीको घरको बरण्डा प्रयोग गरि पसल छिर्ने ढोका भत्काएको थियो ।
चोरी गर्ने समूहको पहिचान हुन सकेको छैन् । चोरी गर्ने निरौलाको घर,पसलको अवस्थाका बारेमा जानकारी भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले चोरीमा संलग्नको खोजी कार्य भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.