चुम्लुङ दमकद्धारा ताम्भुङवा थिम्बे (बनभोज ) को तयारी तीव्र

दमक,६ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर शाखाले कसुङ यले तङवे (नयाँ वर्ष ) २०८४ तथा कप्फेक्वा तङनामसहित ताम्भुङवा थिम्बे (बनभोज ) को तयारी तीव्र पारिएको छ ।गतवर्षझै यसवर्ष पनि यहि माघ १२ गते तय गरिएको सो कार्यक्रमलाई निरन्तरता दिदै भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताए ।
उनका अनुसार कार्यक्रम सफल बनाउन चन्द्रबहादुर कन्दङवाको संयोजकत्वमा मूल आयोजक तयारी समिति र एक दर्जन विभिन्न उपसमितिहरु गठन गरिएको छ । ती कार्यक्रम इलामको चुलाचुली ५ स्थित पर्यटकीस्थल चपेटीमा हुने छ ।
दमकमा बस्दैआएका याक्थुङ लिम्बू समुदायहरुवीच आपसी एकता अभिबृद्धि गरि सहकार्यका अघि बढाउने उद्देश्यले यसकिसिमको कार्यक्रमलाई बार्षिक रुपमा आयोजना गरिआएको अध्यक्ष चेम्जोङले बताए । शसुल्क हुने यस कार्यक्रममा लिम्बू जातिको सांस्कृतिक खानपान,वेषभूषाको विशेष प्रस्तुति गरिनुका साथै च्याबु्रङ तथा पालाम नृत्य,सामूहिक धान नाच, डोरी तान्ने, हाजिरीजवाफ, छेलो हान्ने खेल लगायतका गतिविधिहरु समेत सञ्चालन गरिने संयोजक कन्दङवाले बताएका छन् । सो कार्यक्रममा सहभागिताका लागि आयोजकले दमकको सेतुमारी,श्रीपाली,पाङमी,यलम्बर,रनध्वज,केर्खा चौक लगायतका स्थानबाट यातायातका साधानहरुको व्यवस्था गरिएको उनले जनाएका छन् । कार्यक्रममा सहभागि बन्न चाहनेले ८ माघ भित्र नाम दर्ता गरि सहयोग गरिदिन समेत संयोजक कन्दङवाले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.