रुखबाट लडेर शिवसताक्षीमा एक जनाको मृत्यु

झापा,६ माघ । रुखबाट लडेर झापाको शिवसताक्षीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए। घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.