‘दउवा’ संघको निर्वाचनमा लोकतान्त्रिक समूहको अग्रता कायमै

दमक,६ माघ । दमक उद्योग बाणिज्य संघको जारी मतगणनामा नेपाली कांग्रेससहितको संयुक्त लोकतान्त्रिक समूहले अग्रता कायमै राखेका छन् ।पछिल्लो ५ सय जारी मतगणनाको सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षसहित पदाधिकारी,कार्यसमिति सदस्य तथा लेखा संयोजकमा आफनो अग्रता कायमै राखेका हुन् ।
जसअनुसार अध्यक्ष लोकतान्त्रिकबाट अध्यक्षका उम्मेदवार देवी प्रसाद गुरागाईं ( गोपाल ) २८५  र एमाले निकट प्रगतिशीलका बिमल खतिवडाले २०७ मत ल्याएका छन् । यसैगरि, वरिष्ठ उपाध्यक्षमा एमाले निकट प्रगतिशीलका राजन दंगाल २१५,राजु खड्का २६३, प्रथम उपाध्यक्षमा प्रगतिशीलका भरत चम्लागाई २४८,राजकुमार योङ्ग्या २३६,द्वितिय उपाध्यक्षमा प्रगतिशीलकी बिन्दु सिटौला (लक्की ) १९२, ज्ञाननाथ पौडेल (ज्ञानु ) २९२ र तृतीय उपाध्यक्षमा प्रगतिशीलका असिम राई १९७ र रुबल अधिकारी २८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
आज शुक्रवार सम्पन्न मतदानमा १६ सय ८९ मत खसेको निर्वाचन समितिका संयोजक लीला गुरागाईले जानकारी दिए । संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता थिए । नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published.