‘दउवा’ संघको निर्वाचनमा १६८९ मत खस्यो ,अहिले ५.३० वजेदेखि मतगणना शुरु

दमक ,६ माघ। दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार मतदान सम्पन्न भएको । मतदानमा १६ सय ८९ मत खसेको निर्वाचन समितिका संयोजक लीला गुरागाईले जानकारी दिए ।
उनका अनुसार यसपटक संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता थिए । मतदानमा ३ सय २७ जना अनुपस्थित थिए । मतदान दमक -७ स्थित वडा कार्यालयमा भएको थियो । निर्वाचन समितिका संयोजक गुरागाईका अनुसार विहान ८.३० वजेदेखि मतदान शुरु भई दिउँसो ३ वजेसम्म चलेको थियो ।
मतदान सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र अहिले साँझ ५.३० वजेदेखि मतगणना शुरु गरिने संयोजक गुरागाईले जनाएका छन् । मतगणना दमक उद्योग वाणिज्य संघको सभाहलमा गरिने र १०० गणना सकिए लगत्तै जारी मतपरिणाम सार्वजनिक गरिने उनले बताएका छन् ।नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
पटक पटक वाणिज्य संघको नेतृत्व गरिआएको नेपाली कांग्रेस निकट व्यवसायीको समूहमा राप्रपा ,जसपा र माओवादी केन्द्रको असन्तुष्ट खेमा छ भने नेकपा एमाले निकट व्यवसायीको समूहमा नेकपा माओवादी केन्द्र छ । संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षमा देवी प्रसाद गुरागाईं (गोपाल) र एमाले समर्थित व्यवसायीको समूहबाट बिमल खतिवडा अध्यक्षका प्रत्यासी छन् ।

Leave a Reply

Your email address will not be published.