कमलनगर जेसीजको भवन शिलान्यास

कमल,६ माघ । झापाको कमल गाउँँपालिकामा रहेको कमलनगर जेसीजले आफनो भवन निर्माण शुरु गरेको छ । बुधबार एक कार्यक्रम गरि भवनको गाउँँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले शिलान्यास गरिन् ।
जेसीजका आजीवन सदस्य समाजसेवी लेखनाथ खतिवडाले उपलव्ध गराएको कमल ४ मा जेसीज सचिवालय भवन निर्माण शुरु गरिएको कमलनगर जेसीज बर्ष २०२१ का अध्यक्ष गोपाल खनालले बताए । उनका अनुसार खतिवडाले आफना दिवंगत पिता धर्मानन्दको स्मृतिमा करिव रु ४५ लाख मूल्य पर्ने एक कठ्ठा जमीन जेसीजलाई निशुल्क दिएका थिए ।
सन २०१५ मा स्थापना भएको जेसीजको कार्यालय भवन आफनै नहुदाँ समस्या झेल्नुपरेको भन्दै दाता खतिवडाले उक्त जमीन निशुल्क दिएका हुन् ।
भवन शिलान्यासका समारोहमा भवन निर्माणका लागि अध्यक्ष खनालले रु १ लाख ११ हजार १ सय ११ रुपैया , कमल १ क वडाध्यक्ष समेत रहेका कमलनगर जेसीजका पूर्वअध्यक्ष केदार कटुवालले रु १ लाख ११ हजार १ सय ११ रुपैया ,नेपाल जेसीज वर्ष २२ का राष्ट्रिय उपाध्यक्ष सुरज साँवाले रु १० हजार ५ सय ५५ र प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोले ५० बोरा सिमेन्ट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । शिलान्यास कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य भिमप्रसाद राई, नेपाली काग्रेस प्रदेश सदस्य हुकुमसिंह राईलगायतले जग्गा दाता खतिवडाको प्रंशसा गर्दै भवन निर्माणमा सहयोग पुरयाँउने जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published.