सृजनशील नकआउट फुटवलको उपाधि राईजिङ एफसीलाई

कमल,६ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रथम सृजनशील नकआउट फुटवल प्रतियोगिता- २०८१ को उपाधि झापा गाउँपालिकास्थित राईजिङ एफसीले जितेको छ ।
गाउँपालिकाको वडा नम्वर ७ गेउरीयास्थित सृजनशील युवा क्लवको आयोजनामा स्थानीय सिंहदेवी विद्यालयको खेलमैदानमा शनिवार आयोजित प्रतियोगिताको उपाधि खेलमा दिपज्योति युवा क्लव बाह्दशीलाई २ शुन्य गोल अन्तरले हराउदै राईजिङ एफसीले उपाधि जितेको हो ।
प्रतियोगिता जिते संगै राईजिङ एफसीले नगद ५० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता दिपज्योति युवा क्लवले नगद ३० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीतर्फ राईजिङ एफसीका मनिस लिम्बू, उदयमान खेलाडी आयोजक (वि ) टिमका क्याप्टेन अधिक गुरुङ्ग ,उत्कृष्ट गोलकिपर राईजिङ एफसीका आयुस बस्नेतले जनही २ हजार ५ सय नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक क्लवका सचिव विक्रम निरौलाले जानकारी दिए ।
“लागु औषध दुव्र्यशन विरुद्धको बोल, हाम्रो यो गोल” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता क्लवका अध्यक्ष निसान लामिछानेको अध्यक्षतामा भएको थियो ।गत पुस २८ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा आयोजकसहित विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.