दमक,५ माघ । नेकपा (माओवादी केन्द्र ) दमक नगर कमिटी जिल्ला उत्कृष्ठ भएको छ । जिल्लाको १५ वटा स्थानीय पार्टी नेतृत्वमा दमक जिल्लाकै उत्कृष्ठ बन्न सफल भएको पार्टी दमक नगर कमिटी अध्यक्ष रवि बस्नेतले बताए ।
उनका अनुसार पार्टी जिल्ला समन्वय कमिटीको गत माघ ३ गते विर्तामोडमा सम्पन्न बिस्तारित बैठकका अवसरमा जिल्ला कमिटीले विभिन्न मूल्याङकन गरि माओवादी केन्द्र दमकलाई प्रशंसा पत्र प्रदान गरेको हो ।
प्रंशसा पत्रमा भनिएको छ,–‘पछिल्ला वर्ष पार्टी संगठन सुढृढिकरण ,संगठनको क्रियशीलता ,जनजीविकाको सवालमा दमक नगर कमिटी पार्टी गतिविधिहरुमा सक्रिय छ, आगामी दिनमा समेत यसरीनै क्रियशीलता बन्न सफल रहोस ।’
पार्टीका केन्द्रीय महासचिव देव प्रसाद गुरुङले उक्त प्रंशसा पत्र पार्टी दमक नगर कमिटीका अध्यक्ष रवि बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
यसैवीच, प्रंशसा पत्र बुझदै दमक नगर कमिटी अध्यक्ष बस्नेतले पार्टी जिल्ला कमिटीको उच्च मूल्याङकनले पार्टी संगठन निर्माणमा थप प्रेरित गरेको बताएका छन् । पार्टी जिल्ला कमिटीले पछिल्ला वर्ष स्थानीय पार्टी कमिटीहरुको कामको मूल्याङकनका आधारमा यसरी नै उत्कृष्ठ छान्दै आएको जिल्ला संयोजक राजु आचार्य (अग्नी ) ले बताएका छन् ।