सडकको काम गुणस्तर नभएको भन्दै कांग्रेसद्धारा ध्यानाकर्षण

ज्ञापनपत्र बुझाउदै कांग्रेस वडासभापति सिटौला

दमक,५ माघ । नेपाली कांग्रेस दमक ४ वडा समितिले वडाभित्रका सडक निर्माणमा गुणस्तरहीन पाईएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । कांग्रेस वडाले वडामा निर्माणाधीन तथा हालै निर्माण भएका सडकको ग्राभेल गर्ने कार्यमा मापदण्ड विपरीत भएको पाइएको दावी गर्दे नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।
आज कांग्रेस वडा सभापति राजेन्द्र सिटौलाको नेतृत्वमा गएको एक टोलीले नगरपालिका पुगेर नगरप्रमुख रोमनाथ ओलीलाई विकास निर्माणमा चासो राख्दै त्यस्तो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा कांग्रेसले ग्राभेल सडकको काममा गुणस्तर नभएकाले अविलम्ब सुधार गरि समयमै काम सम्पन्न गर्न माग गरेको छ । कांग्रेस जनताको पक्षमा उभिदैआएको उल्लेख गर्दे जनताका काममा खेलवाड भए शसक्त प्रतिकारमा उत्रिने ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख ओलीले वडामा सञ्चालित सडकको काममा संलग्न निर्माण व्यवसायीलाई राखेर निवेदन उपर छलफल गर्ने आश्वासन दिएका थिए ।
उक्त ज्ञापनपत्र बुझाउन वडासभापति सिटौला सहित कांग्रेस प्रदेश (ख)का सभापति रवि केसी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.