हालसम्मकै उच्च संक्रमण: एकैदिन ११ हजार ३५२ जनामा पुष्टि

झापा,५ माघ । नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.